महोत्तरीमा आठ बिघामा लगाइएको गाँजा नष्ट

अखबार हब
२०७८ कार्तिक २९, सोमबार १५:०१

महोत्तरी । महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका–४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा–५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो । न्युज कारखाना

यसमा तपाइको मत

Your email address will not be published.


*