२२० रुपैयाँसम्म बढ्यो हवाई भाडा (सूचीसहित)

अखबार हब
२०७८ कार्तिक २८, आईतवार १७:४०

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।

हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ ।

परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

पोखरा–विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ ।

काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ ।

काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

हेर्नुहोस, कुन रुटमा कति भाडा बढ्यो ?

यसमा तपाइको मत

Your email address will not be published.


*