मूल्यवृद्धि तत्काल फिर्ता लिन जनता समाजवादी युवा संघको माग
मकवानपुर । जनता समाजवादी पार्टी सम्बद्ध जनता समाजवादी युवा संघ बागमती प्रदेश समितिले नेपाल सरकारले हालै गरेको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोध गरेको छ । संघका अध्यक्ष तुफान बिक्रम क्षेत्री र मुख्य सचिव नेरुता मोक्तानले आज (आइतबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
‘हिजोको सामन्तवादी, स्वच्छाचारी, प्रतिगमनकारी सरकार र आजको पाँच दलीय सत्ता गठबन्धनको सरकारको फरक नछुट्टिने गरी यस सरकारले आम नेपाली जनभावना भन्दा विपरित जनताको जीवन–यापनमा नै असर पर्नेगरी गरिएको मूल्यबृद्धि तत्काल फिर्ता लिन हाम्रो संगठन जोडदार माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ । मनलाग्दी र जथाभावी कदमबाट सरकार पछि नहटे सशक्त रुपमा सडक आन्दोलनमा उत्रन बाध्य हुने संघको चेतावनी छ ।








