शुक्रबार थपिए ३९७ कोरोना संक्रमित, ३८९ जना निको

अखबार हब
२०७८ कार्तिक २६, शुक्रबार १५:५०

काठमाडौं । नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३९७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार १३४ जनाको पिसिआर परीक्षण र १९३२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ।

३८९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ। त्यस्तै, काठमाडौं उपत्यकामा १७१ थपिएका छन्। जसमध्ये काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*