सर्वाेच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी 

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १८:०७

काठमाडौं ।  सर्वाेच्च अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् । न्युज कारखाना 

यसमा तपाइको मत

Your email address will not be published.


*