देशभर थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १६:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २७९ जना निको भएका छन् । यस्तै ६ जनाको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ६० जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९९५ जना कुल संक्रमित रहेका छन् । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ५९ जना निको भएका छन् भने कुल ११ हजार ४६६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनामा कोरोना परीक्षण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*