१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने एक जना पक्राउ
काठमाडौं । तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–४ बस्ने २२ वर्षीय मनिष राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई राईले मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सम्दुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।







