यमुनामा ‘बादलमा तैरिएर’ छठ पूजा (तस्बिरहरू)

अखबार हब
२०७८ कार्तिक २४, बुधबार २०:५९

दीपावलीको अर्को दिन तुवाँलोले घेरिएका भारतको राजधानी नयाँदिल्लीका बासिन्दाले अहिले प्रदुषणको फिजैफिजले भरिएको यमुनामा छठका लागि डुबुल्की मारिरहेका छन्।

भारतीय सञ्चारमाध्यममा अनुसार पवित्र नदी मानिने यमुनामा केही दिनदेखि छठको स्नान गर्ने श्रद्धालुहरूको भीड छ। उनीहरूले पवित्र मानेको यमुनाको पानी भने प्रदुषणको फिजले ढाकिएको छ। त्यही फिजमा सूर्यलाई अर्घ दिइरहेका श्रद्धालुको दृश्य टाढाबाट हेर्दा बादलमा तैरिएर पूजा गरिरहेजस्तो देखिन्छ।

उद्योगबाट निस्केको फोहोर सोझै नदीमा मिसाएकाले नदीमा एमोनियाको मात्रा बढेकाले फिजैफिज देखिएको एनडिटिभीले जनाएको छ।

हेर्नुस् तस्बिरहरूः

यसमा तपाइको मत

Your email address will not be published.


*