पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १५:५३

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ४७४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*