राष्ट्रिय जनगणनाः एक गणकले १७५ परिवारको तथ्यांक लिने

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १३:३५

काठमाडौं । १२औँ राष्ट्रिय जनगणना भोलि (बिहीबार)देखि सुरु हुँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । त्यसका लागि ४० हजार गणक सहभागी हुँदै छन् ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । पहाडी र तराई क्षेत्रमा भने गणकले २०० परिवारसम्मको तथ्यांक संकलन गर्न सक्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

विभागले जनगणनाका लागि ४० हजार गणक र आठ हजार ५०० जना सुपरिवेक्षक परिचालन गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*