हेटौंडामा यात्रु बहाक बस दुर्घटनाः चालक सहित २ को मृत्यु,१८ जना घाईते
मकवानपुर । हेटौंडामा गएराति अर्को दुर्घटना भएको छ । पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा–११ नवलपुरमा यात्रु बहाक बस र ट्रक एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।
गएराति जनकपुरबाट हेटौंडा हुँदै काठमाडौँ तर्फ जादै गरेको ना ७ख ८७६ नंबरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ ०३००१ ख ५०३५ नंबरको खाली ट्रक एक आपसमा ठक्कर खादा बसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीलाई बसमा सवार घाईते यात्रुहरुले बताए अनुसार मृत्यु हुनेमा एक जना बस चालक रहेका छन् । मृत्यु हुनेहरुमा ३० वर्षीय पुरुष र अर्का अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् उनिहरुको गएरातिनै हेटौंडा अस्पातलमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।
प्रहरीले ट्रक चालक बारा निजगढ–४ पुरानोटोल बस्ने ३३ वर्षीय टंक बहादुर बिकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरि दुर्घटनामा १८ जना घाईते भएका छन् । उनिहरुको हेटौंडा स्थित सहकारी अस्पताल मकवानपुर,चुरेहिल अस्पातल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।







