सल्यानमा बस दुर्घटनाः ११ को मृत्यु, घाइतेको उद्धारका लागि मगाइयो हेलिकप्टर

अखबार हब
२०७८ कार्तिक २१, आईतवार १५:५८

सल्यान । सल्यानमा बस दुर्घटनामा परेर ११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको बताए।

प्रहरी निरिक्षक अर्जुन पौडेलका अनुसार सल्यान जिल्ला अस्पताल खलंगामा आठ महिला र एक पुरुष गरी ९ जनाको शव ल्याइएको छ। दुई बालबालिकाको श्रीनगरमै शव रहेको उनले बताए।

पौडेलका अनुसार हालसम्म जिल्ला अस्पताल सल्यानमा खलंगमा मृत्यु भएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मात्रै सनाखत भएको छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा पठाइएको छ।

घाइतेको उद्धारका लागि हेलिकोप्टर पनि मागिएको प्रनाउ थापाले बताए। गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट उद्धार गरेर बाहिरी जिल्लाहरुमा उपचारका लागि पठाउन लागेको थापाले बताए।

अन्य ७ जना घाइतेको सल्यानमै उपचार जारी छ।

बसमा ३० यात्रु सवार थिए। चालक भने सम्पर्कविहीन छन्। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो।

सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ।

यसमा तपाइको मत

Your email address will not be published.


*