भरुवा बन्दुकसहित निजगढबाट एक जना पक्राउ

अखबार हब
२०७८ कार्तिक २०, शनिबार १०:१८

बारा । प्रहरीले बाराको निजगढबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले निजगढ नगरपालिका–३ सिगौलबाट स्थानीय ६५ वर्षीय मंगल लाल पाख्रिनलाई १ थान लोड गरेको भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

पाख्रिनको साथबाट प्रहरीले प्लास्टिकको सानो बाटामा रहेको बारुद र १५ वटा सानो फलामका टुक्रासमेत बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट सिगौलबाट खटिएको प्रहरीले उनलाई हातहतियार सहित पक्राउ गरेको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*