चीनले दियो थप १६ लाख डोज कोरोनाविरुद्धको खोप

अखबार हब
२०७८ कार्तिक १७, बुधबार १५:२७

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले यस वर्षभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

उनले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायताअन्तर्गत प्राप्त भएको र चीनको जनमुक्ति सेनामार्फत अनुदानमा नै तीन लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिए ।

त्यस्तै, उनले द्विपक्षीय खरिद प्रक्रियामार्फत कोरोनाविरुद्धको एक करोड खोप नेपाल आएको बताए । मन्त्री खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूत होउले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि चीनले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*