मउवा संघ निर्वाचन : वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् । बुधबार बिहान भएको मतगणनाअनुसार अनिल अग्रवालले ६७२ मत प्राप्त गरेका छन् भने वाणिज्यतर्फका अर्का उपाध्यक्षका आकांक्षी रामप्रसाद न्यौपानेले ६१८ मत प्राप्त गरेका छन् ।
यसैगरि सदस्यहरुमा कुल प्रसाद चौलागाई,अनिल भक्त श्रेष्ठ,दिवश पराजुली,नेत्र प्रसाद खतिवडा,माधव ज्ञवाली,विकेशलाल श्रेष्ठ र सुदर्शन खरेल,मनहरी आरक्षणमा कृष्णहरी बर्तौला,महिला आरक्षणमा निलम वैद्य विजयी भएका छन् ।







