मउवा संघ निर्वाचन : वस्तुगत उपाध्यक्षमा अधिकारी र एसोसियट उपाध्यक्षमा चौलागाईं विजयी

अखबार हब
२०७८ कार्तिक १०, बुधबार ०८:४३

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारीले १८ मत ल्याएर विजयी भएका हुन्। निर्वाचनमा अर्का उम्मेदवार काव्यमणि अधिकारीले ११ मत प्राप्त गरेका थिए ।

यसैगरी एसोसीयट तर्फको उपाध्यक्षमा उज्वल चौलागाईं विजय भएका छन् । चौलागाईले ६३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी विष्णु खनालले ५० मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*