मउवा संघ निर्वाचन : उद्योगतर्फ उपाध्यक्षमा प्रमोद सिं रानाभाट विजयी

अखबार हब
२०७८ कार्तिक १०, बुधबार ०८:३२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी भएका छन् । उनले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३७० मत ल्याई विजयी भएका हुन् । श्रेष्ठले भने ३१९ मत प्राप्त गरेकी थिइन् । उद्योगमा ८९० मतदाता मध्ये ७५३ मत खसेको थियो ।

यसैगरी उद्योग तर्फको सदस्यहरुमा रुपकराज दाहाल ४ सय ६७, श्रीकृष्ण कर्माचार्य ४ सय २३, सन्तोषकुमार अर्याल ३ सय ५३ र नरेन्द्र भण्डारी ३ सय ६२ मत ल्याई विजयी भएका छन् । सदस्य पदका अन्य प्रत्यासीहरु दीपक शिवाकोटी ३ सय ३९, भुपेन्द्रप्रसाद अधिकारी ३ सय ३२, हरिप्रसाद ढकाल २ सय २३ र ज्ञानेन्द्र बर्तौलाले २ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै उद्योग सदस्य महिला आरंक्षण तर्फ सितादेवी भेटुवाल ३ सय ७९ मत प्राप्त गरी विजयी हुँदा अर्का प्रत्यासी उम्मेदवार मेनका श्रेष्ठले ३ सर २८ मत प्राप्त गरिन् । उद्योगमा ८ सय ९० मतदाता मध्ये ७ सय ५३ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*