यस्तो देखियो मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन (फोटो फिचर)
मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि आज(मंगलबार)दिनभर मतदान भएको थियो ।
निर्वाचन अधिकृत ईश्वरराज ढकालका अनुसार बिहान ९ बजेबाट मतदान गर्ने कार्यतालिका रहेता पनि झण्डै ९ः२० बाट मतदान सुरु गरिएको थियो । पल्पसा सभागृहमा अपरान्ह ४ बजे सम्म मतदान गर्न पाइने जनाइए पनि दिउँसो पानी परेका कारण समय थप गरि ५ बजे सम्म मतदान गर्ने व्यवस्था गरिएको थियो ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष पदका लागि पूर्व अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्ण गुप्ता अग्रवालको प्यानल बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । २६ जना नेतृत्वको लागि ५४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत ढकालले बताएका छन् ।


























