गृह मन्त्रालयको आग्रह, ‘परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिनु

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार ०७:५०

काठमाडौँ । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ।

पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो।

परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*