वार्षिकोत्सवको अवसरमा सिटिजन लाईफ हेटौंडाको रक्तदान

अखबार हब
२०७८ कार्तिक ७, आईतवार १५:३४

मकवानपुर । वार्षिकोत्सवको अवसरमा सिटिजन लाईफ इन्स्योरेन्स हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत हेटौंडा १८, हर्नामाडीमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार हेटौंडा शाखाको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको सिटिजन लाईफ इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख राधेश्याम आचार्यले जानकारी दिए ।

करिब ६० जना भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेको शाखाका प्रमुख आचार्यले जानकारी दिए ।

साथै संस्थाले हेटौंडा १८ मा रहेको ज्योती माविलाई डस्टबिन समेत वितरण गरेको छ । डस्टबिन विद्यालयका अध्यक्ष हर्क रम्तेललाई हस्तान्तरण गरेको हो ।

कार्याक्रम सिटिजन लाईफका क्षेत्रीय प्रवन्धक शिव कुमार कार्कीको प्रमुख आतिथियतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*