धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

अखबार हब
२०७८ कार्तिक ७, आईतवार ११:२१

धादिङ । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

“गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन,” डीएसपी भण्डारीले भने, “यात्रुका लगेज पनि निकाल्न मिल्ने र सक्नेजति निकालियो । तर, डिकीमा राखिएका लगेज भने निकाल्न सकिएन ।”

वाइरिङ सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । बसको अधिकांश भाग जलेको छ ।सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा लागलागी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*