कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मी सरुवा गर्ने शाखा अधिकृत गजुरे सरकारी सेवाबाट बर्खास्त

अखबार हब
२०७८ कार्तिक २, मंगलवार १२:३६

काठमाडौं । कीर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेल सरकारी सेवाबाट बर्खास्त भएका छन्। उनी भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो। गजुरेलले १४ जना स्वास्थ्यकर्मीलाई २०७३ असार ३१ गते विभिन्न स्वास्थ्य संस्थामा सरुवा गरेका थिए ।

यसअघि उनलाई जिल्ला अदालत मकवानपुरले १९ पुस २०७५ मा कसुरदार ठहर गर्दै २ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको निजामती सेवा ऐन,२०४९ को दफा ६१ उपदफा९२० को खण्ड क बमोजिम नैतिक पतन देखिने फौजदारी सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाको फैसलाबाट कसुर ठहरिएको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*