दशैं अवधिभर मकवानपुरमा २३ वटा सवारी दुर्घटना,५ को मृत्यु र ४६ जना घाईते

अखबार हब
२०७८ कार्तिक १, सोमबार १३:२४

मकवानपुर । दशैं अवधिभर मकवानपुरका विभिन्न स्थानमा २३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४६ जना घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले दिएको जानकारी अनुसार दशैंको घटस्थापना देखि टीकाको तेस्रोदिन सम्म जिल्लाको विभिन्न सडक खण्डमा २३ वटा सवारी साधन दुर्घटनामा परेको हो ।

कार्यलयका अनुसार दुर्घटनामा पर्ने सवारीहरुमा सबैभन्दा बढी १२ वटा मोटरसाईकल रहेको छ । यसैगरि सुमो,जिपकार ४ वटा,बस र ट्याम्पो,अटो दुईदुई वटा,ट्रक,ट्याक्टर र अन्य गरेर एकएक गरी २३ वटा सवारी दुर्घटनामा परेका हुन् ।

जिल्लामा भएको सबैभन्दा ठूलो दुर्घटना गत शनिबार साँझ हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर–२ लामिबगरमा यात्रु बोकेरकाठमाडौं बाट हेटौंडा आउदै गरेको सुमो दुर्घटना हो । उक्त दुर्घटनामा सुमो सडकबाट २ सय मिटर तल खसेको थियो । सुमो आफै अनियन्त्रित हुँदा भएको दुर्घटनामा २ जनाको मृत्यु र ८ जना घाईते भएका थिए ।

यसैगरि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातमाटेमा शुक्रबार राति यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । यसैगरि गएको बुधबार दिउँसो हेटौंडा–९ मा धान काट्ने मेसिन पल्टिँदा एक जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए ।

यसैगरि जिल्ला ट्राफिक कार्यलयको अनुसार अधिकाशं सवारी आफै अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*