७६ वर्षीय पतिले लात्तीले हान्दा ६१ वर्षीया पत्नीको मृत्यु

अखबार हब
२०७८ कार्तिक १, सोमबार ०८:१४

काठमाडौँ । रसुवामा एक वृद्धले आफ्नी पत्नीको हत्या गरेका छन्। नौकुण्ड गाउँपालिका ५ भोर्ले डाँडाटोलका ७६ वर्षीय बुधे गाङतानले आफ्नै ६१ वर्षीया पत्नी बाटुलीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी देवेन्द्र पाण्डेका अनुसार घरायसी विवादमा बुधेले आइतवार पत्नीलाई लात्तले हानेका थिए। पतिले लात्तीले हान्दा बाटुली आँगनमा बजारिएर गम्भीर घाइते भएकी थिइन्।

उपचारको क्रममा उनको त्रिशूली अस्पतालमा मृत्यु भएको हो। बाटुलीका पतिलाई प्रक्राउ गरिएको डिएसपी पाण्डेले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*