पिध बिनाको लोटा नेपाली फुटबल

बुद्धि बहादुर राना
२०७८ आश्विन २९, शुक्रबार २२:०९

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप नेपाल पहिलो पटक फाईनल प्रवेश गरेर इतिहास बनाएको छ। नेपाली फुटबल जगत फेरी एकपटक तातेको छ।भोलि(शनिबार) बेलुका हुने भारतसँगको फाईनल भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिता सुरु हुन केहि समय अघिमात्र जुरमुराउने अनि प्रतियोगिता सकिएपछि सेलाउने प्रवृत्ति नेपाली फुटबलको परम्परानै बनेको छ भन्दा फरक नपर्ला ।

लोकतान्त्रिक विधि,मुल्य,मान्यता र आर्थिक पारदर्शिताको नारा बोकेर एन्फा नेतृत्वमा आएको कर्मा छिरिङ शेर्पाको टिम आन्तरिक किचलोमा रुमलिएको छ। वार्षिक क्यालेन्डर निर्माण गरेर फुटबल गतिविधि सञ्चालन गर्न असमर्थ भएको छ। फुटबलको मेरुदण्ड मानिएको लिग प्रतियोगिता हो।

यहि लिग प्रतियोगिता नियमित नहुँदा प्रतिभावान खेलाडिहरु शिव श्रेष्ठ,सुलभ मास्के,एलन न्यौपाने ,हेमन गुरुङ जस्ता खेलाडिहरु विदेशीन बाध्य भए। नेपाली फुटबल मोफसलमा हुने सिमित प्रतियोगिताहरुले धानेको छ भन्दा फरक नपर्ला ।

दक्षिण एसिया राष्ट्रहरु मध्ये नेपाल यस्तो देश हो जहाँ फुटबल सर्वाधिक मनपराईने खेलमा पर्छ। आयुष घलान,मनिष डाँगी र सुमन अर्यालजस्ता प्रतिभावान खेलाडिहरु जन्मनुले पनि यो कुराको पुष्टि गर्छ।

फुटबल खेल विकासका निम्ति स्पष्ट नीति तथा कार्यक्रम तर्जुमा गरेर कार्यन्वयन गर्नुपर्छ । पर्याप्त मात्रामा भौतिक संरचनाको निर्माण,व्याबसायिक फुटबल लिग, व्यवस्थित फुटबल एकेडेमी सञ्चालन गर्नुपर्छ। फुटबलमा आफ्नो उर्जावान समय खर्चिएका खेलाडिहरुको सेवा,सुबिधा र सहज जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्छ।यसको निम्ति स्पष्ट लक्ष्य निर्धारण गरेर राज्य तथा सम्बन्धि निकायबीच कार्यगत एकता र सहकार्य हुनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*