मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु
काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे ।
‘ठूलो दुर्घटना भयो । बस टुक्राटुक्रा भयो । २३ जनाको लास भयो । धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याएका छौं र कतिपयलाई उद्दार गरिरहेका छौं, हामीले प्लेन र हेलिकप्टर मगाएका छौं’ उनले भने ।
उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो ।
द्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।







