रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले गर्यो शुभकामना आदान प्रदान

अखबार हब
२०७८ आश्विन २१, बिहीबार १८:४७

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बडादशैं, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवं वागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको थियो ।
कार्यक्रमकै अबसरमा रेडक्रसका आजिवन सदस्यहरुलाइ आजिवन सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको नेरेसो हेटौंडाका सभापति दाहालले जानकारी दिए ।

हेटौंडा ४ पशुपति मन्दिरको सभाहलमा आज(बिहीवार) भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य प्रताप बिष्ट तथा जिल्ला सभापति सुर्यचन्द्र न्यौपानेले मन्तव्य ब्यक्त गरेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*