हेटौंडा–९ बस्ने बाँनिया मृत अवस्थामा फेला
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा एक युवा मृत फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज घर भएका अन्दाजी ३० बर्षीय शम्शेर बानियाँ आज बिहान सुतेकै स्थानमा मृत फेला परेका हुन् ।
हेटौँडा औद्योगीक क्षेत्रको एन्टाटीक बिस्कुट उद्योगमा काम गर्दै आएका उनी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ सुकुम्बासी टोलमा डेरा गरी बस्दै आएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







