माओवादी छाडेर पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर एमालेमा प्रवेश
काठमाडौं। पूर्वजनमुक्ति सेनाका प्लाटुन कमान्डर तथा नेपाल कराते महासंघ अन्तर्राष्ट्रिय रेफ्री चित्रबहादुर राना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले केन्द्रीय सदस्य गुलावजंग शाहले रानालाई पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले गरेको दश वर्षे युद्धमा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डरका रुपमा रहनुभएका राना एकीकृत नेकपा माओवाद बागचौर नगरकमिटीका सदस्य थिए । राना बागचौर १० पिपलनेटा निवासी हुन् । आफू पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर र बागचौर नगरकमिटीमा रहेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा लामो समय सेवा गरेको सम्झदै उहाँले आफू खेल जगतको ब्यक्ति भएको र आफ्नो सम्पुर्ण गुरु तथा खेल क्षेत्रका साथीहरु एमालेमा रहेकाले आफू पनि उनीहरुसंग रहन पार्टी प्रबेश गरेको बताए ।
‘म जनमुक्ति सेना र बागचौर नगर कमिटीमा रहँदा सबै माओवादी साथीहरुसँग मित्रवत व्यवहार गरेको छु । कुनै साथीहरुप्रति मेरो रिसिबी र आग्रह –पूर्वाग्रह भएर माओवादी पार्टी छाडेको होइन,’ रानाले भने।







