हेटौंडाको बेलडाँडामा २० लाख लागतमा स्लाब ढलान सुरु

अखबार हब
२०७८ आश्विन १४, बिहीबार २२:१२

मकवानपुर । मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ बेलडाँडामा आज स्लाब ढलानको शिलान्यास गरिएको छ । स्थानीय युवा ईन्द्रजित घलान(अबिनाश) को सक्रियतामा सुरु भएको स्लाब ढलानको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

करिब ४० बर्ष देखि कच्ची रहेको सडक आफ्नो पहलमा स्लाब ढलान हुन लागेकोमा स्थानीय स्लाब ढलानका अगुवा युवा ईन्द्रजित घलान(अबिनाश) ले खुसी व्यत्त गरेका छन् ।

उनकै पहलमा थप २५ मिटर र उपमहानगरपालिकाको कुल २० लाख रुपैयाँ लागतमा २१० मिटर सहित जम्मा २३५ मिटर क्षेत्रमा स्लाब ढलानको काम सुरु हुन लागेको हो ।

गाउँको विकास निर्माणमा स्थानीय तहले पनि प्राथमिकता दिएको भन्दै स्थानीयले खुसी व्यत्त गरेका छन् । यस क्षेत्रमा वषौं देखि विकासका काम हुन नसकेपनि अहिले भने हरेक वर्ष बजेट छुट्याएर काम भएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*