गाई काटेको आरोपितलाई रिहाईको माग गर्दै हेटौंडामा प्रदर्शन

अखबार हब
२०७८ आश्विन ११, सोमबार १७:५२

मकवानपुर । गाई काटेको आरोपमा पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट गत अषाढमा पक्राउ परेकाहरुलाई बिना शर्त रिहाईको माग गर्दै आज हेटौंडामा शान्तिपूर्ण प्रर्दशन गरिएको छ ।

नेपाल तामाङ घेदुङ बकैया गाउँपालिकाको आयोजनामा हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण प्रर्दशन गरेको थियो ।

प्रर्दशनमा सहभागिहरुले ‘प्रहरी दमन बन्द गर,झुट्टा आरोप खारेज गर,संवैधानीक विभेदखारेज गर,गाई काटेर हाम्रो अधिकार हो अपराध हैन,विना सर्त रिहा गर’ लगाएतका प्ले कार्डहरु बोकेका थिए ।

गाई काटिरहेको खबर पाएपछि मकवानपुर प्रहरीले गत असार ३ गते साँझ १० जनालाई पक्राउ गरेको थियो । पक्राउमा पर्ने मध्ये एक १६ वर्षीय सन्देश बिक छुटेका छन् । उनीलाई पछि आवश्यक अनुसन्धान गर्नु परेको अवस्थामा उपस्थित गराउने शर्तमा छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीले बाँकी ९ जनालाई १४ दिनको म्याद थप गराई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*