रक्सीको प्रचारमा माधव नेपालको पार्टी
मकवानपुर । नेकपा एकिृत समाजवादी पाटी निकट संगठनको एक कार्यक्रममा रक्सीको ब्राण्डलाई बढवा दिन लागि परेका तस्विर सार्वजनीक भएको छ । एमाले फुटाएर नयाँ पार्टी बनाएका माधव नेपालले रक्सीको प्रचार गरेको जस्तो देखीने गरी उक्त तस्बीर सामाजीक सन्जालमा भाईरल भएको हो ।
जुन तस्बिर नेकपा एसको महिला संगठनको केन्द्रय कमिटी बैठकको हो । तस्बिरमा अध्यक्ष माधव नेपाल पोर्डीएममा उभिएर भाषण गरीरहेका छन् । उनको पछाडी कार्यक्रम प्रायोजक संस्थाको रुपमा एक वियर देखन्छि । उनी नेकपा एमालेमा रहुन्जेल मादक पदार्थको चर्को आलोचकका रुपमा चिनिन्थे ।
तर नेकपा एसमा लागेपछि भने उनी प्रायोजक कम्पनीका ब्राण्ड एम्बेस्डर जस्तै देखीएका छन् । महिला संगठनको बैठकमै बियरको प्रचार गरेर माधव आफै ब्राण्ड एम्बेस्डर जस्तो देखिएका छन् । माधव नेपाल रक्सीको प्रचारमा देखिएपछि कार्यकर्ताहरुले निकै खल्लो महसुस गरेका छन ।







