माओवादीको मत सर्वेक्षणमा असल र सक्षम नेतामा केपी ओली

अखबार हब
२०७८ आश्विन ९, शनिबार ०९:०५

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत गरेको मत सर्वेक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओली असल र सक्षम नेताको अग्रभागमा परेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सीनाले ट्वीटरमा गरेको मत सर्वेक्षणमा ओली अग्र स्थानमा देखीएका हुन् । नेपालका राजनितिज्ञमध्य तुलानात्मक रुपमा असल र सक्षम नेताको नाम लिनु पर्दा तपाई कस्को नाम लिनु हुन्छ ? भनेर तिमल्सिनाले गरेको मत सर्वेक्षणमा ओलीको नाम अग्र स्थानमा परेको हो ।

तिमल्सिनाले माधव नेपाल,बाबुराम भट्टराई प्रचण्ड र केपी शार्मा ओलीको नाम राखेका थिए ।जसमा ओली ६० प्रतिशत,बाबुराम १८ प्रतिशत,प्रचण्ड १६ प्रतिशत र माधव नेपाल ५ प्रतिशत मात्रै असल र सक्षम नेता भएको देखीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*