मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

अखबार हब
२०८२ चैत्र २८, शनिबार २१:३१

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १४ नयाँबस्ती बस्ने ३५ वर्षीया सन्तोषी वाईवा रहेकी छिन्।

शनिबार बिहान भीमफेदी गाउँपालिका वडा नं. ६, सिमलटार स्थित माइती घरबाट करिब २०० मिटर दक्षिणमा रहेको खहरे खोला नजिकै घाँस काट्न गएकी वाईवा अबेरसम्म नफर्किएपछि खोजी गर्दा उनी भिरबाट करिब ५०/६० मिटर तल खसेको अवस्थामा फेला परेकी थिइन्।

गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा, चिकित्सकले दिउँसो १२:४० बजे उनलाई मृत घोषित गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*