हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदबाट भण्डारीले दिए राजिनामा
हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन् ।
उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।
गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् ।







