भदौ २४ को घटना छानबिन गर्न नयाँ समिति गठन गर्ने सरकारको तयारी

अखबार हब
२०८२ चैत्र १४, शनिबार २२:००

काठमाडौं । गौरी बहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेन अधुरो भएको भन्दै सरकारले नयाँ उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा छानबिन समिति गठन गर्ने उल्लेख छ ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

यसअघि भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन अधुरो भएको भन्दै आवाज उठेपछि नवगठित वालेन्द्र शाह नेतृत्वको सरकारले अर्को समिति बनाउने भएको हो । कार्की आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने शुक्रबार मन्त्रिपरिषद्‌को पहिलो बैठकले निर्णय गरर्को थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*