मकवानपुर -२ मा रास्वपाका उप्रेती विजयी

अखबार हब
२०८२ फाल्गुन २४, आईतवार ०८:०४

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी भएका छन्। उनले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्। उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा बर्तौलाले १८ हाजर ८४६ मत मात्रै पाए। बर्ताैला यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थए।

यस्तै, नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्दै तेस्रो भएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरे। यो क्षेत्रमा ९१ हजार २४१ मत खसेको निर्वाचन अधिकृतको कार्यालय जानकारी दिए ।

रास्वपाको विजयसँगै ३६ वर्षपछि कम्युनिस्टको महागढ भत्किएको छ। २०४६ पछिका निर्वाचनहरुमा यो क्षेत्रमा सधैँ नेकपा एमाले नै विजयी हुँदै आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*