बारा-१ मा रास्वपाका गणेश धिमाल फराकिलो मतान्तरले विजयी
बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल फराकिलो मतान्तरले विजयी भएका छन् । उनले ३९ हजार ९५८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६४५ मत पाएका छन् ।
नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार ८७८ मत पाए भने जसपाका रामबाबु यादबले २ हजार ५३० मत पाए ।







