मकवानपुर- १ मा रास्वपाका उम्मेद्वार गौतम ४ गुणा बढी मतान्तरले अगाडी

अखबार हब
२०८२ फाल्गुन २२, शुक्रबार २०:४५

मकवानपुर। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले ४ गुणा बढी मतान्तरले अग्रता कायम गरेका छन्।

उनले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना भन्दा ४ गुण बढी मत पाएका हुन् ।

हालसम्म ९ हजार ११५ मत गणना गर्दा रास्वपाका गौतमले ५ हजार ४१८ मत पाएका छन् भने कांग्रेसकी डिनाले १ हजार २०४ मत पाएकी छिन् ।

एमाले उम्मेदवार रामेश्वर रानाले ८१८ मत पाएका छन् भने नेकपाका उम्मेदवार विजय गौतमले ३१८ मत पाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*