जनताको घरदैलोमा रामेश्वर: अबिर, फूलमालासहित उत्साहपूर्ण स्वागत

अखबार हब
२०८२ फाल्गुन १६, शनिबार २१:०९

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना यतिबेला चुनावी घरदैलो अभियानलाई तीव्र बनाउँदै जनतामाझ पुगेका छन्।

निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहदा राना मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट, संवाद तथा जनचासोका विषयमा छलफल गर्दै चुनावी अभियानलाई थप सक्रिय बनाइरहेका छन्।

घरदैलो कार्यक्रम अन्तर्गत आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर-२ अन्तर्गत सानोपोखरा र सिँचाइ टोल चौकिटोल बनस्खडी मनकामना चोक कान्तिराजपथ लगाएत हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को विभिन्न क्षेत्रमा पुगेका उम्मेदवार रानालाई स्थानीय मतदाताले अबिर, फूलमाला तथा शुभकामनासहित भव्य स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाले विकास निर्माण, रोजगारी, कृषि, सडक तथा आधारभूत सेवासम्बन्धी आफ्ना समस्या र अपेक्षाहरू राखेका थिए।

मतदातासँगको भेटघाटका क्रममा रानाले आफू जनताको सेवकका रूपमा हरेक समस्यामा खेतालो बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थायित्व, विकास र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै निर्वाचनपछि पनि निरन्तर जनतामाझ रहने प्रतिबद्धता जनाए।

स्थानीयवासीहरूले इमानदार छवि, स्पष्ट राजनीतिक दृष्टिकोण तथा विकासप्रतिको प्रतिबद्धताका कारण रानाप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन्। चुनाव नजिकिँदै जाँदा क्षेत्र नम्बर १ मा एमालेको चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको कार्यकर्ताहरूको दाबी छ।

सूर्य चुनाव चिन्हका उम्मेदवार राना मगरलाई अत्यधिक मतका साथ विजयी गराई क्षेत्रको समग्र विकासलाई गति दिन मतदातासमक्ष नेकपा एमाले मकवानपुरले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*