झापा- ५ बााट एमाले अध्यक्ष ओलीको एकल नाम सिफारिस
झापा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।
आज सम्पन्न नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं। ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरूले सर्वसम्मत रुपमा अध्यक्ष ओलीलाई उम्मेदवारका रूपमा अघि सार्ने निष्कर्ष निकालेका छन् ।
झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।







