इलाम–२ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको एकल नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य समेत रहेका नेम्वाङको एकल नाम सिफारिस गरेको हो ।
गत १५ वैशाख २०८१ मा भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट नेम्वाङ भारी मतसहित विजयी भएका थिए ।







