तोडफोड, आजगनी एवं लुटपाटको घटना प्रति एमालेको भर्त्सना
हेटौंडा । बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको तोडफोड, आजगनी एवं लुटपाटको घटनाको भत्सर्ना गर्दै सरकारसँग दोषी उपर कारबाहीको माग गर्ने निर्णय गरेको छ ।
आन्दोलनपश्चात पहिलोपटक बिहिबार हेटौंडामा बसेको नेकपा एमाले बागमती संसदीय दलको बैठकले आन्दोलनमा घुसपैठको कारणले भौतिक तथा मानवीय क्षति भएको निर्क्र्यौल गर्दै सरकारी निकाय, उद्योग प्रतिष्ठान एवं एमाले लगायत विभिन्न दलका नेताको घरमा तोडफोड, लुटपाट तथा आगजनी गरेको भन्दै यस्ता घटनाको भत्सर्ना गरेको हो ।
यस्तै बागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक एकालाल श्रेष्ठ, र पुर्वमन्त्री केशव प्रसाद पोखरेलको घरमा तोडफोड, लुटपाट एवं आगजनी गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीउपर कारबाहीको माग गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सरकारको मन्त्रालयहरु एवम् यस अन्र्तगतका कार्यालयहरु तथा प्रदेशसभा भवनको पुर्ण क्षति भएकोमा यसलाई पुर्ननिर्माण गर्न सम्पुर्ण विवरणहरु संकलन गर्न सरकारसँग आग्रह गर्ने नेकपा एमाले बागमती प्रमुख सचेतक एकालाल श्रेष्ठले बताउनुभयो ।
यस्तै असोज ३ गते संबिधान दिवस भव्य रुपमा मनाउन सबै पक्षमा अपिल समेत गरेको उहाँले बताउनुभयो ।







