अनेरास्ववियु हेटौँडा नगर संयोजकको जिम्मेवारी गौतमलाई
हेटौँडा। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको हेटौँडा उपमहानगरपालिका कमिटीको संयोजकमा सन्देश गौतम चयन भएका छन् ।
आज बसेको अनेरास्ववियु हेटौँडा उपमहानगरपालिका आयोजक कमिटीको बैठकले गौतमलाई संयोजकको जिम्मेवारी दिएको हो ।
बैठकको अध्यक्षता अनेरास्ववियु हेटौडा उपमहानगरपालिका कमिटीका संयोजक नवराज पौडेलको रहेको थियो भने नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं जनसँगठन संयन्त्र प्रमुख सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य एवं विद्यार्थी इन्चार्ज आकाश अधिकारी, नेकपा एमाले हेटौडा उपमहानगर सदस्य विद्यार्थी सह इन्चार्ज अभी मैनाली, अनेरास्ववियु मकवानपुर सहसंयोजक एवं स्ववियु मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष प्रसिद्ध रेग्मी , हेटौडा क्यामपस स्ववियु उपाध्यक्ष भरत देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
यसअघिका अध्यक्ष नवराज पौडेललाई अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेपछि उपमहानगरपालिकाको संयोजकबाट बिदा भएका हुन ।
त्यस्तै बैठकले सह९संयोजकको जिम्मा सिद्धार्थ फुयाल र राधा विश्वकर्मालाई दिइएको छ।पुनर्गठीत उपमहानगरपालिका कमिटीले श्रावण मसान्तभित्र अधिवेशस गरिसक्नु पर्नेछ ।







