मकवानपुरका मैनाली बने अनेरास्ववियु बागमती प्रदेश इन्चार्ज

अखबार हब
२०८२ श्रावण १७, शुक्रबार १२:५२

मकवानपुर। मकवानपुरका भुवन मैनालीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।

अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुरका भुवन मैनालीलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो । मैनाली अखिल केन्दिय कमिटी सचिवालय सदस्य समेत हुन् ।

त्यस्तैगरी अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी नवराज पौडेललाई दिएको छ। यसअघिका अध्यक्ष अमृत बर्तौला हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वार बनेका थिए। केन्द्रीय सदस्य पदमा उम्मेद्वार भएपछि सो पद रिक्त थियो ।

बैठकले रिक्त पदमा यसअघिको कमिटीका उपाध्यक्ष पौडेललाई संयोजक तोकेको हो । साथै मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सोनम मोक्तानलाई तोकेको छ ।

त्यस्तै सह-संयोजकको जिम्मा आरसि लामा र प्रसिद्ध रेग्मी दिइएको छ । लामा यसअघिको कमिटीका सचिव हुन् भने रेग्मी सह-सचिव हुन् । पुनर्गठीत जिल्ला कमिटीले भदौ मसान्तभित्र अधिवेशस गरिसक्नु पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*