अनेरास्ववियु मकवानपुरको संयोजकमा पौडेल, लामा बने इन्चार्ज
मकवानपुर। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्लाको नेतृत्व पुनर्गठन भएको छ ।
अखिल केन्द्रीय कार्यालयले एक सर्कुलर जारी गर्दै मकवानपुर जिल्ला संयोजकको जिम्मेवारी नवराज पौडेललाई दिएको हो। यसअघिका अध्यक्ष अमृत बर्तौला हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेद्वार बनेका थिए। बर्तौला केन्द्रीय सदस्य पदमा उम्मेद्वार भएसँगै सो पद रिक्त थियो ।
अनेरास्ववियु केन्द्रीय सचिवालय बैठकले रिक्त पदमा यसअघिको कमिटीका उपाध्यक्ष पौडेललाई संयोजक तोकेको हो । साथै मकवानपुर जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य सोनम मोक्तानलाई तोकेको छ ।
त्यस्तै सह-संयोजकको जिम्मा आरसि लामा र प्रसिद्ध रेग्मी दिइएको छ । लामा यसअघिको कमिटीका सचिव हुन् भने रेग्मी सह-सचिव हुन् । पुनर्गठीत जिल्ला कमिटीले भदौ मसान्तभित्र अधिवेशस गरिसक्नु पर्नेछ ।







