अन्योलमा बागमतीको बजेट भाषण

अखबार हब
२०८२ असार १, आईतवार १९:५६

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक दुई घण्टालाई सरेको छ । आज आइतबार मात्रै दोस्रो पटक मन्त्रिपरिषद् बैठक सरेको हो ।

संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गतको बजेट प्रणालीबाट बागमतीको बजेटको कार्यसूचिमा हेरफेर गर्नुपर्ने भएकाले साढे ५ बजेलाई बोलाइएको बैठक दुई घण्टाका लागि सारिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

आज मन्त्रिपरिषद् बैठक दिउसो साढे २ बजेलाई बोलाइएको थियो । बजेटमा सरकारभित्रै विवाद भएपछि पहिलो पटक साढे ५ बजेलाई बैठक धकेलिएको थियो।

मन्त्रीहरू बैठकका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेपछि दोस्रो पटकका लागि सारिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुतका लागि आज दिउँसो ३ बागमती प्रदेश सभा बैठक राखिएको थियो।

प्रदेश सभा बैठक पनि साढे ६ बजेलाई सारिएको छ । तर, मन्त्रिपरिषद् बैठक नै ७ बजे भन्दा ढिलो हुने भएपछि प्रदेश सभा बैठक पनि धकेलिने निश्चित छ । जसकारण आज प्रस्तुत हुने भनिएको बजेटमा अन्योलता देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*