मनहरी गाउँपालिका स्तरिय  क्रिकेट प्रतियोगिताको उपाधि मनहरी ६ लाई

अखबार हब
२०८१ असार ११, सोमबार २१:३२

मकवानपुर । मोर्डन युथ क्लवले आयोजना गरेको मनहरी गाउँपालिका स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मनहरी ६ ले जितेको छ । सोमवार मनहरी ३ स्थित सिद्दकारी चौरमा भएको फाइनल खेलमा  माेर्डन युथ क्लब मनहरी १  ले जीत हात पारेको हो ।

ट्रस जितेर पहिलो ब्याटिंग रोजेको मोर्डन युथ क्लबले मनहरी ६ लाई १० विकेटको क्षेतीमा ९.५ ओभर खेल्दै ६४ रनको लक्ष्य दिएको थियो। मोर्डन युथ क्लबले दिएको लक्ष्यलाई पक्षाउदै मनहरी ६ ले ७.२ ओभरमा २ विकेटको क्षेतीमा लक्ष्य पूरा गर्दै बिजय हुन सफल भएको हो । फाइनल खेलको म्यान अफ दी म्याच मनहरी ६ का कप्तान उत्तम श्रेष्ठ घोषित भएका छन् ।

प्रतियोगतामा विद्यागत रुपमा उत्कृष्ट खेलाड़ी हरु बेस्ट बलर मोर्डन क्लबका बसन्त तिमल्सिना , बेस्ट ब्याट्स म्यान मोर्डन युथ क्लबका कप्तान विषेश बिक्रम थापा साथै प्लयेर अफ़ द टुनामेन्ट मनहरी ६ का कप्तान उत्तम श्रेष्ठ भएका छन ।

प्रथम हुने मनहरी ६ ले १० हजार नगत सहित शील्ड ,मेडल , पसंसा पत्र प्राप्त गरेको छ भने द्दितिय हुने मोर्डन युथ क्लबले ५ हजार नगतसहित सील्ड, मेडल , प्रसंसा पत्र प्राप्त गरेको छ ।

क्लवका अध्यक्ष बिशाल उप्रेतीको सभाध्यक्षतामा भएको प्रतियोगितामा मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनालको प्रमुख  आतिथ्यता रहेको थियो । प्रतियोगितामा कार्यपालिका सदस्य सेति माया तमाङ , बाल जीबन ज्योती माबीका प्रध्यानध्यापक  एकराज गौतम, गणेश बर्तौला, वडा सदस्य दीपक ढकाल लगायतको विषेश आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*