हेटौंडामा सुरु भयो युवा नमुना संसद अभ्यास

अखबार हब
२०८१ असार ६, बुधबार २१:४२

हेटौंडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा प्रदेश युवा नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ ।

चार दिन सम्म चल्ने कार्यक्रमको बुधबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री थपलियाले मानिसको सिक्ने र सिकाउने उमेर कहिल्यै नजाने बताएका छन् । उनले भने –‘यो दुनिया चलेको दिमागले हो, ज्ञान र विज्ञानले संसारलाइ चुनौति दिन्छ, मानिस जन्मनु मर्नु स्वभाविक हो । तर जिवनलाइ सफल नागरिकको रुपमा स्थापित हुनु महत्वपुर्ण हुन्छ ।’

युवा नमुना संसद अभ्यास तालिमबाट युवाहरुले वढि भन्दा बढि ज्ञान प्राप्त गर्नुपर्ने र जिवनमा लागू गर्नुपर्ने थपलियाले बताए । प्रदेश सरकारको प्रारम्भ हुदा देखि नै ग्रामिण युवाहरुलाइ समेटेर अघि बढेर जाने कार्ययोजना तयार पारेको र सोहि अनुरुप नै काम भइरहेको पनि बताए । युवाहरुले आफ्नो फिल्डमा गर्ने कार्ययोजनाको पुर्वाधार तयार गरि केहि गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने लगायतका कुरा व्यक्त गरेका थिए ।

कार्यक्रम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइले युवालाइ सशक्तीकरण गर्ने, नेतृत्व गर्न सक्ने क्षमता विकास गर्ने, नेतृत्व भुमिकामा पुग्नुपर्छ भन्ने मान्यताका आधारमा कार्यक्रम तय गरेको बताए । अबको दिनमा युवाहरुले नेतृत्व गर्न सक्छन भन्ने विश्वासका साथ युवा नेतृत्वको परिकल्पना सहित कार्यक्रमको आयोजना गरेको यस्का लागि युवामा निरन्तर पैरबि, अनुसासन, धैर्यता र निरन्तरता आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*