विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

अखबार हब
२०८१ जेष्ठ २०, आईतवार २३:२१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित ज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक  सामग्री  हस्तान्तरण गरिएको छ ।

सामाजिक कार्यमा सक्रिय संस्था सेवा सहयोग आवाजमा हामीका समुहले आईतबार विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने  सेवा सहयोग र आवाजमा हामीका संयोजक बिशाल राज महतले बताए  ।

विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा, स्टेस्नरी सामग्री,  ब्याग लगायतका सामग्रीहरू वितरण गरिएको  सेवा सहयोग र आवाजमा हामीका सदस्य हरि बहादुर कूबरले  जानकारी दिए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान दिन र सामुदायिक  विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न कूबरले सबैलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमनाथ घिमिरेले, सुबोद सुबेदि, गणेश खडकी, दिपेन्द्र घिमिरे ,गोपाल थापा राजेश श्रेष्ठ, मन्जु नेपाल राजेश थापा, लगायतको उपस्थित रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*